काठमाडौं । मृत्यु दाबी भुक्तानी अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय नारायनगढमा कमलराज लम्सालले १ करोड ४ लाख ५० हजार रुपैयाँको सुरक्षित बीमा अन्तर्गत अर्धवार्षिक प्रिमियम ६ किस्ता वापत ३३ लाख २० हजार ३ सय १० रुपैयाँ भुक्तानी गरेका थिए ।
उनको यही असार ९ गते दुर्घटनामा परी मृत्यु भएको दावी वापतको १ करोड ४ लाख ५० हजार दोहोरो दुर्घट्ना लाभ वापत, ५० लाख र आर्जित २० लाख ३७ हजार ७५० गरी जम्मा १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ चेक उनको श्रीमति संगिता लम्साललाई दिएको कम्पनीले जनाएको छ । उक्त रकम शाखा प्रमुख अनन्त अधिकारीले हस्तान्तरण गरेका हुन् ।