free website hit counter

नेपाल लाइफले पाँचै दिनमा दियो ६४ लाख दाबी भुक्तानी

beemaadmin
२०८० जेष्ठ १५, सोमबार

काठमाण्डौ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बीमितको ज्यान गएपछि आश्रित परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको हो। कैलालीको टीकापुर नपा–१ घर भएका बीमित नरबहादुर साउदको गत वैशाख १६ गते असाध्य रोगका कारण असामायिक निधन भएको थियो। टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले रु. ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति श्रीमती ज्ञानुदेवी साउदलाई हस्तान्तरण गरेका हुन्। आफ्नो जीवनकालमा स्व. साउदले नेपाल लाइफ इन्स्योरेन्सको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते रु. ५० लाख बीमांक भएको जीवन बीमा योजना लिएका थिए। बीमांकबापतको रकमअन्तर्गत रु. ५० लाख र बोनसबापत रु. १४ लाख २५ हजार गरी जम्मा रु. ६४ लाख २५ इच्छाइएको व्यक्तिलाई प्रदान गरिएको छ। कागजात प्राप्त भएको पाँच दिनभित्र नै कम्पनीले भुक्तानी गरेको हो। दाबी प्रक्रियालाई चुस्तदुरुस्त र छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

सम्बन्धित समाचार