free website hit counter

नेपाल लाइफले बीमितलाई बाँकी भुक्तानी रकम बुझिलिन आग्रह

beemaadmin
२०८३ असार २९, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमायोजनाअन्तर्गत भुक्तानी लिन बाँकी रहेका बीमित तथा हकवालालाई यथाशीघ्र रकम बुझिलिन आग्रह गरेको छ।

कम्पनीले सूचना जारी गर्दै योजनाअनुसार पूर्ण अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी प्राप्त गर्ने समय पूरा भइसके पनि हालसम्म धेरै बीमित वा हकवाला रकम लिन नआएको जनाएको हो।

कम्पनीले सम्बन्धित बीमित तथा हकवालालाई आफ्नो बीमालेखअन्तर्गत प्राप्त हुने सुविधा रकम बुझिलिन आवश्यक कागजातसहित नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार