free website hit counter

नेपाल साहित्य महोत्सव पोखरामा शुरु

beemaadmin
२०७६ मंसिर २९, आईतवार

काठमाडौं । आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखरामा सुरु भएको छ । फेवातालको किनारमा आइएमई नेपाल साहित्य महोत्सवको तालबाराही चोक, लेकसाइड पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गरे । कार्यक्रममा गुरुङले नेपाल मात्र नभई एसियाकै महत्वपूर्ण एवम् भव्य महोत्सव आयोजना हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताए ।
यसैगरी कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले लेखक, पत्रकार, समीक्षक आदिको भव्य सहभागिता रहने महोत्सव प्रायोजन गर्न पाएकोमा आफूहरुलाई खुसी लागेको धारणा राखे । मानिसले साहित्य, कला, संगीत आदिबारे चासो राख्ने र त्यही सर्वसाधारणको चासो सम्बोधन गर्ने काममा आइएमई लागिपरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार