free website hit counter

नेप्सेका अध्यक्ष बस्यालले दिए राजीनामा

beemaadmin
२०८३ बैशाख १५, मंगलवार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले आफ्नो राजीनामा बुझाएका हुन्। गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका बस्यालले विशेष कारण देखाउँदै समय अगावै राजीनामा दिएको स्रोतले जनाएको छ। तत्कालिन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै बस्याललाई अध्यक्ष नियुक्त गरेका थिए । उनलाई तीन वर्षको कार्यकालका लागि अध्यक्षमा नियुक्त गरिएको थियो। यस अघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत थिए ।

सम्बन्धित समाचार