free website hit counter

नेप्सेको कारोबार रेकर्ड बनाउँदै

beemaadmin
२०७६ फाल्गुन ११, आईतवार

काठमाडौं । लगातार ओरालो लागेको नेपालको सेयर मार्केटले केही दिनदेखि आशा जगाइरहेको छ । फागुन ११ गते आइतबार नेप्सेको कारोबार रकमले त नयाँ रेकर्ड नै कायम गरेको छ। नियमित कारोबार हुने १७६ कम्पनीको किनबेचबाटै कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाघेको छ। सूचक पनि ६९.५६ अंकले बढेर बन्द भएको छ। सूचक ३० महिनायताकै उच्च बिन्दुलाई नाघेर १५०४ अंकमा बन्द भएको हो। एकैदिन ७५ अंकसम्मले बजार उक्लिएको थियो। सबैभन्दा बढि जीबन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ। विकास बैंक ८५ र लघुवित्त ५५ अंकले उक्लिएको छ।

बजारमा जम्मा चार वटा कम्पनीको मात्र १० करोडमाथिको किनबेच भएको छ, जुन नियमित कारोबार हुने कम्पनी हुन्। एनएमबी बैंकको १२ करोड ५६ लाख, नेपाल लाइफको ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्सको १० करोड ३७ लाख र हिमालयन डिस्टिलरीको १० करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। बाँकी जम्मै १० करोडभन्दा कमका कारोबार छन्।
दिनभरीमा १४२ कम्पनीका सेयरधनीले कमाएका छन्। गुमाउने २७ कम्पनीका लगानीकर्ता छन्।

सम्बन्धित समाचार