free website hit counter

नेप्सेको सीईओका लागि ४ जना सर्टलिस्टमा

beemaadmin
२०८३ आश्विन २०, मंगलवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि छनोट प्रक्रिया अघि बढेको छ।

खुला प्रतिस्पर्धामार्फत सीईओ पदका लागि आवेदन दिएका ८ जना उम्मेदवारमध्ये छनोट तथा सिफारिस समितिले ४ जनालाई सर्टलिस्ट गरेको हो।

सर्टलिस्टमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी परेका छन्।

छनोट समितिका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण असोज २३ गते हुने भएको छ। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि समितिले सीईओ नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।

सम्बन्धित समाचार