free website hit counter

नेप्सेको सीईओमा कस्ले मार्ला त बाजी ?

beemaadmin
२०८१ चैत्र ६, बुधबार

काठमाडौं । राजनीतिक नियुक्ति राम्रालाई भन्दा पनि हाम्रालाई च्याप्ने प्रवृत्ति छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि सर्ट लिष्टमा परेका पाचै जनाले आज व्यवसायिक कार्ययोजना प्रस्तुत गरेका छन् । सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले यसअघि ५ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्नेहरूमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । रीतपूर्वक आवेदन दिएका आवेदकको शैक्षिक योग्यता र कार्ययोजनाको मूल्यांकन गर्दा सबभन्दा बढी अंक प्राप्त गर्नेहरू छनोटमा परेको समितिले जनाएको छ । यीमध्ये तीन जनाको नाम शिफारिश गरिने र तीन मध्ये एकललाई मन्त्रिपरिषद् बैठकले सीईओ नियुक्त गर्नेछ । अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते एक सूचना प्रकाशित गर्दै फागुन १८ सम्मका लागि दरखास्त आह्वान गरेको थियो । तर, १७ गतेसम्म आवेदन नै नपरेपछि म्याद थप गरेर फागुन २५ सम्मका लागि समय बढाइएको थियो । अन्तिम दिनसम्म १० जनाले आवेदन दिएका थिए । जसमा पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र नारदकुमार लुँइटेल रहेका थिए । त्यस्तै, युवराज दाहाल, प्रवीण अधिकारी, चूडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशीले पनि सीईओको दौडमा आफूलाई प्रस्तुत गरेका थिए । यसअघिका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि यो पद रिक्त छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार