free website hit counter

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो

beemaadmin
२०८० भाद्र १३, बुधबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। बुधबार नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १।१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।२८ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ८६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २७६ पटकको कारोबारमा ३२ हजार २९८ पटकको कारोबारमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से घटेपनि यस दिन सिटि होटलको शेयर यस दिन करिब १० प्रतिशत बढेको छ। यस दिन सो होटलको शेयरमूल्य ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँ बढेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा बैंकको ऋणपत्रको मूल्य ५.७२ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ७.९४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत घटेको छ। १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको माछापुच्छ्रे बैंक, यस दिन कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार