free website hit counter

नेप्से ३००० को विन्दुमा, २७ अर्ब बढीको कारोबार

beemaadmin
२०८१ श्रावण ३१, बिहीबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक ३००० विन्दुमा बन्द भएको छ। बैंकिङ्ग उपसमूहको परिसूचक बढेपछि यस दिन नेप्सेले ३००० विन्दु छोएको हो। इन्ट्रा डेमा यस दिन नेप्से ३००० विन्दुभन्दा माथि पुगेको थियो। यद्यपि, अन्तिम समयमा भने बिक्रीचाप बढेपछि ३००० विन्दुमा झरेको हो। १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशत बढेको छ। सो उपसमूहका सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.०५ प्रतिशत घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से भने ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १६.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंक बढेको छ। यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन कारोबार रकमले गत सोमबार बनाएको रेकर्ड तोडेको हो। सो दिन नेप्सेमा २७ अर्ब २४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो। यस दिन भने ३३४ स्टकको ३ लाख ११ हजार ५३६ पटकको कारोबारमा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार