काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८ करोड २५ लाख रुपैयाँ घाटामा रहेको संस्था समीक्षा अवधिमा भने नाफामा फर्किएको हो।
संस्थाको खुद ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेयरमेन्ट चार्ज उल्लेख्य घटेपछि नाफा बढाउन सफल भएको हो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ४४ करोड रुपैयाँबाट घटेर १ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ।
यस्तै, इम्पेयरमेन्ट चार्ज ९४ करोड २३ लाख रुपैयाँबाट घटेर १४ करोड ८१ लाख रुपैयाँमा झरेको छ। यही कारण अघिल्लो वर्षको घाटा सुधार गर्दै संस्था नाफामा फर्किएको हो।
यद्यपि, संस्थाको वितरणयोग्य मुनाफा अझै १२ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। लाभांश क्षमता पनि ८.७२ प्रतिशतले ऋणात्मक अवस्थामा रहेको वित्तीय विवरणले देखाएको छ।
संस्थाको निष्क्रिय कर्जामा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३१.६४ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर १९.८६ प्रतिशतमा झरेको छ।
त्यस्तै, संस्थाको निक्षेप संकलन बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म ७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
तर, कर्जा प्रवाह भने केही घटेको छ। संस्थाले समीक्षा अवधिसम्म १९ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कर्जा प्रवाह १९ अर्ब ५१ करोड रुपैयाँ थियो।
संस्थाको रिटेन्ड अर्निङ १२ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३३ करोड रुपैयाँ सञ्चित रहेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १६.८८ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १८६.५९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३१.६९ गुणा तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९९ रुपैयाँ रहेको छ।
त्यस्तै, संस्थाको तरलता अनुपात १०.१५ प्रतिशत कायम रहेको वित्तीय विवरणमा उल्लेख छ।