free website hit counter

नेशनल लाइफका सबै सूचकमा प्रगति

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टअनुसार ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८९ करोड १४ लाख रुपैयाँ अर्थात १८.७० प्रतिशत बढी हो। इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २ करोड ७७ लाख २० हजार रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १ अर्ब ७९ करोड ४ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट २७ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ। यस अवधिसम्ममा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि ३१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ६० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ३१ अर्ब ५२ करोड २९ लाख, जगेडा कोषमा ७६ करोड २४ लाख र महाविपत्ती कोषमा २४ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। कुल ७ लाख ८४ हजार ३६६ बीमालेख कायम रहेको इन्स्योरेन्सले ५ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। १३ हजार २२ दाबी बापत एक अर्ब ९५ करोड ५० हजार रुपैयाँ भुक्तानी गरेको छ भने २६ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ४०.९५ गुणा रहेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार