free website hit counter

नेशनल लाइफको खुद बीमाशुल्क १६ अर्ब नजिक

beemaadmin
२०८० श्रावण ३१, बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १५ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १४ अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ४ करोड ७९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ अर्ब ३७ करोड ८० लाख रुपैयाँ र बीमालेख धितोमा १० अर्ब ४५ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरी ८२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा भने ५०।६९ प्रतिशतले घटेर ३६ करोड ४५ लाख रुपैयाँमा सीमित भएको हो । यो बीमांकिय मूल्यांकन अघिको मुनाफा हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४० करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ६० अर्ब २५ करोड १५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात ८८.७२ गुणा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार