free website hit counter

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन साँढे ५ अर्ब

beemaadmin
२०८२ कार्तिक २८, शुक्रबार

काठमाण्डौ । अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सुधार आएको छ । कम्पनीले यस अवधिसम्म १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.८१ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीले ७ अर्ब ३१ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवसम्म ६ अर्ब ३० करोड रुपैयाँबराबरको रहेको कुल खर्च बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि ५ अर्ब ४८ करोडबाट बढेर ६ अर्ब ५ करोड पुगेको छ । कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ करोड ७८ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवसम्म ५१ करोड १ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ६३ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.११ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार