free website hit counter

नेशनल लाइफको नाफा २८ करोड नजिक

beemaadmin
२०८१ माघ ३०, बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ९.४० प्रतिशतले बढेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २७ करोड ९१ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २५ करोड ५१ लाख रुपियाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.२० प्रतिशतले बढेर ९ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार १७.७८ प्रतिशतले बढेर ७७ अर्ब ९५ करोड रुपियाँ कायम भएको छ ।

सम्बन्धित समाचार