free website hit counter

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । जीवन बीमा व्यवसयमा आफूलाई अब्बल स्थापित गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । उक्त सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । अध्यक्ष सिंहले आव २०८०र८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचांकमा कम्पनीका बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले उत्कृष्टता हासिल गरेको बताइन् । यसका लागि उनले सबैलाई बधाई ज्ञापन गरिन् । साथै, उनले आव २०८०–८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट ठहरिएका ५ शाखालाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् । जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न पाटोहरू र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचना गरी आर्थिक वर्ष २०८१–८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनसदरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोडभन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरूमा पनि सकरात्मक वृद्धि गर्न सम्भव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पुर्ण बीमित, अभिकर्ता र कर्मचारीहरु, बधाईको पात्र रहेको बताए । साथै, उनले आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे । यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गरिन् । उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार