free website hit counter

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । जीवन बीमा व्यवसयमा आफूलाई अब्बल स्थापित गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । उक्त सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । अध्यक्ष सिंहले आव २०८०र८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचांकमा कम्पनीका बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले उत्कृष्टता हासिल गरेको बताइन् । यसका लागि उनले सबैलाई बधाई ज्ञापन गरिन् । साथै, उनले आव २०८०–८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट ठहरिएका ५ शाखालाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् । जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न पाटोहरू र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचना गरी आर्थिक वर्ष २०८१–८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनसदरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोडभन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरूमा पनि सकरात्मक वृद्धि गर्न सम्भव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पुर्ण बीमित, अभिकर्ता र कर्मचारीहरु, बधाईको पात्र रहेको बताए । साथै, उनले आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे । यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गरिन् । उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार