free website hit counter

नेशनल लाइफद्वारा अभिकर्ता सम्मान

beemaadmin
२०८० भाद्र १६, शनिबार

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौ शाखाद्वारा चियरपर्सन क्लवमा सहभागिता जनाउन सफल तथा मासिक रुपमा बिभिन्न समयमा स्किम पुरा गर्न सफल अभिकर्ताहरुलाइ एक कार्यक्रमको आयोजना गरि सम्मानित गरिएको छ । शुक्रवार काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमका बीच नेशनल लाइफ इन्स्योरेन्स कम्पनिका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । भने कम्पनिका बिकाश अधिकृत प्रशान कपालि द्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । स्वागत मन्तव्यका क्रममा कपालीद्वारा लक्ष्य प्राप्तिका लागि कम्पनिले अभिकर्ता हरुलाइ निरंतर रुपमा प्रोत्साहित गर्दै अघि बढ्ने बताउंदै कम्पनिद्वारा हरेक महिनामा ल्याईएका मासिक लक्ष्यहरु पुरा गर्दै जाने हो भने अभिकर्ताहरुलाई वर्षको अन्तमा आफ्ना लक्ष्य पुरागर्न कठिनाई नपर्ने भएकोले सवैलाई उत्कृष्टता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गरेका छन् । उक्त अवसरमा कम्पनिद्वारा बिभिन्न समयमा मासिक रुपमा दिईएको लक्ष्य घलेगाऊँ, कोशिटप्पु, नारायणी क्रुज,रानीमहल,बल्थली भिलेज रिसोर्ट लगायत नेशनल रत्न, चियरपर्सन क्लब जस्ता लक्ष्य हाँसिल गर्न सफलता प्राप्त गरेका अब्बल अभिकर्ता (लिडर)हरुलाई क्षेत्रीय प्रवन्धक सुमोद थापाद्वारा टीका, रुद्राक्षको माला का साथै शाखा प्रवन्धक जयराम धितालद्वारा मायाको चिनो प्रदान गरि नयाँ योजनाबारे विमर्श गरि सहभागी अभिकर्ताहरुलाई उत्साह प्रदान गरिएको थियो । कम्पनिका क्षेत्रीय प्रवन्धक सुमोद थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य,काठमाण्डौ शाखा प्रबन्धक जयराम धिताल तथा विकास अधिकृत प्रशान कपालीको समुपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । भाद्र महिनाको नयाँ लक्ष्यबारे शाखा प्रवन्धक जयराम धिताल द्वारा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको बारेमा प्रकाश पार्दै कम्पनिका स। क्षेत्रीय प्रबंधक सुमोद थापाले यस्ता कार्यक्रमले बीमा क्षेत्रमा कर्म गरिरहेका अभिकर्ता हरुको उत्शाहबृद्धि हुनुका साथै लक्ष हाशिलमा बल पुग्ने बताउंदै ब्यापार अभिबृद्धी गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुंच पुर्याउन मद्धत गर्ने कुरा बताएका छन् । कार्यक्रममा सम्मानित अभिकर्ताहरु मध्य बाट गत आर्थिक वर्षमा सर्वाधिक बीमालेख जारी गर्न सफल अभिकर्ता भरत दुलाल, शुष्मा प्रधान तथा सरिता मार्जनद्वारा मन्तव्य राखिएको थियो । चक्रप्रसाद जोशीद्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार