free website hit counter

नेशनल लाइफद्वारा घिमिरे परिवारलाई २६ लाख ७२ हजार दावी भुक्तानी

beemaadmin
२०८१ बैशाख २७, बिहीबार

काठमाडौं । जीवन बीमा बजारमा अग्रणी कम्पनी नेशनल लइफ इन्स्योरन्स कम्पनीले बीमितको असामयिक निधनपछि मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी भु्क्तानी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको हो । कम्पनीको नारायणगढ शाखाले बिमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्या घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान गरेको हो । बीमित घिमिरेको क्यान्सर रोग उपचारको क्रममा गत फाल्गुण २९ गते निधन भएको थियो । स्व। घिमिरेले २०७५ मंसिर २४ गते १५ वर्षीय सावधिक जीवन बीमा गराएका थिए । उनले कम्पनीमा बीमा वापत ६ कस्ता मात्र बुझाएका थिए । उक्त मृत्यु दाबी वापतको चेक नेशनल लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका शाखा प्रमुख राजु साह कानुले घिमिरेकी पत्नी गीता देवी पौडेललाई हस्तान्तरण गरे । उनले बीमा बचतको साथै सुरक्षा पनि हो । बीमाको महत्वबारे जानकारी गराउँदै साहले सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बीमा अनिर्वाय छ ।

सम्बन्धित समाचार