free website hit counter

नेशनल लाइफद्वारा बीमितलाई उपचार खर्च भुक्तानी

beemaadmin
२०८० फाल्गुन २६, शनिबार

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितलाई घातक रोग देखिएपछि बिमितलाई घरमै गएर उपचार खर्चको चेक हस्तान्तरण गरेको छ । कम्पनीका अभिकर्ता सन्तोष लिम्बुले बीमित भोज बहादुर राइको घर मै गएर चेक हस्तान्तरण गरेका हुन् । धनकुटा सांगुरीगढी –२ निवासी राईले कम्पनीमा २०७७ असार ३१ मा जीवन बीमा गरेका थिए । उनले अमृत अग्रिम भुक्तानी र आजिवन बिमायोजना ५ लाख बिमांकको १५ बर्षे अबधि रहेको पोलिसी खरिद गरेका थिए । बार्षिक बिमाशुल्क ५४ हजार १ सय ९० का दरले २ किस्ता र २९ हजार १ सय ९० का दरले २ किस्ता गरि जम्मा ४ किस्ता बिमाशुल्क भुक्तानी गरेका थिए । बिमित राईलाई स्वास्थ्यमा समस्या देखियो जाँच गर्दा पित्तमा क्यान्सर प्रमाणित भएको हो । कम्पनीका अभिकर्ता लिम्बुले उनलाई उपचार खर्च बापत ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । उनको जीवन बिमा निरन्तर रहेको छ । १५ बर्ष पूरा भए पछि बिमांक र बोनस एकमुस्ट बिमित आफैले पाउनेछन् । परिपक्व दाबी भुक्तानी पछि बिमाशुल्क नबुझाई आजिवन बिमा रहन्छ ।

सम्बन्धित समाचार