free website hit counter

नेशनल लाइफद्वारा ३२ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ असार २०, बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बर्दघाट शाखाले मृत्युदाबी बापत ३२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको हो । सुनवल नगरपालिका वडा नं १२ निवासी स्व. डिल कुमारी डुम्रेको परिवारलाई मृत्यु दाबी भुक्तानीको रकम दिएको हो । उक्त रकम बराबरको चेक बर्दघाट शाखाका शाखा प्रमुख मोहन भट्टराईले डुम्रेको परिवारलाई हस्तान्तरण गरेका हुन् । उनको केहि समय अगाडि दुर्घटना निधन भएको थियो । स्व। डिल कुमारीले १५ लाख रुपैयाँको बीमा गरि हालसम्म तेस्रो किस्ता वापत ३ लाख ६१ हजार ३९५ रुपैयाँ भुक्तानी गरेकी थिइन् । उनको निधन पश्चात कम्पनीले बीमाङ्क रकम १५ ला रुपयाँ दुर्घटना बापतको १५ लाख रुपैयाँ र हालसम्मको बोनश २ लाख ४० हजार गरि कुल ३२ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार