free website hit counter

नेशनल लाइफले उत्कृष्ट अभिकर्ताका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना

beemaadmin
२०८३ श्रावण १२, मंगलवार

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य पूरा गरेका अभिकर्ताहरूलाई सम्मान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

कम्पनीले २०८३ वैशाखमा सार्वजनिक गरेको मासिक योजनाअनुसार लक्ष्य हासिल गरेका अभिकर्ताहरूलाई सहभागी गराइएको कार्यक्रममा करिब ३०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्ताहरू सहभागी थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा योगदान पुर्‍याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्दै अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय बीमा सम्मान एमडीआरटी (MDRT) हासिल गर्न आवश्यक रणनीति र कार्यशैलीबारे चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको समापनमा स्ट्यान्डअप कमेडियन सुमन कार्की, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्ड तथा डीजे अमुको सांगीतिक प्रस्तुति रहेको थियो।

सम्बन्धित समाचार