काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पोखरा शाखाले एक कार्यक्रमको आयोजना गरी तीनवटा मृत्युदाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रदेश कार्यालय, पोखरामारड आयोजित कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले दिबङ्गत सुरेश गिरी, मिरा मुल्मी र चन्द्र कुमारी गुरुङको मृत्यूदाबी बापतको रकम क्रमसः रु ११ लाख २४ हजार, १२ लाख ४५ हजार र १ लाख ४९ हजार ५ सय निजका हकवाला सुनिता गिरी, प्रेक्ष्या मुल्मी र दुर्गादेवी गुरुङलाई हस्तान्तरण गरेको हो ।
कम्पनीमा दिबङ्गत सुरेश गिरीले २०७५ कार्तिकमा र मिरा मुल्मीले २०७२ पौषमा रु १०, १० लाखको अमृत बर्षा १ जीवन बीमा र चन्द्रकुमारी गुरुङ्ले २०६९ श्रावणमा रु १ लाखको जीवन अमृत बीमा गरेको थियो ।