free website hit counter

नेशनल लाइफले दियो सापकोटा परिवारलाई ७५ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ जेष्ठ २९, आईतवार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान अकालमै गएपछि आश्रित परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ । गैडाकोटका बीमित अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले सापकोटाको परिवारलाई ७५ लाख ७ हजार २ सय ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृत्यु दाबी वापतको रकम भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले मृतकको श्रीमति सरस्वती सुवेदीलाई दिएका हुन् ।
दाबी भुक्तानी कार्यक्रममा भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले जीवन बीमा सबैका लागि महत्वपुर्ण रहेको र मृत्युपछि परिवारका लागि समेत सारथीको काम गर्ने भएकाले सबैलाई जीवन बीममा योजना सबैको लागि आवश्यक रहेको बताए । कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका प्रमुख रामकुमार अधिकारीले बीमा भनेको जीवन रहदा र नरहदा पनि आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार