free website hit counter

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

beemaadmin
२०७६ आश्विन २७, सोमबार

शनल लाइफ इन्स्योरेन्सले कार्तिक २४ गते ३१ औं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि सो साधारणसभा आह्वान गरेको हो । सञ्चालक समितिको असोज २४ गते बसेको ४१८औं बैठकले कार्तिक २४ गते आइतबार बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा साधारण सभा बोलाएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको कूल १४.५० प्रतिशत लाभांश पारित गर्ने बताइएको छ। सञ्चालक समिति प्रस्ताव गरे अनुसार कम्पनीको हाल कायम ३ अर्ब ७५ लाख रुपैयाँ चुक्ता पूँजीको १२ प्रतिशत अर्थात ३९ लाख ५७ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ। यस्तै २.५० प्रतिशत बोनस शेयर पनि साधारण सभाबाट पारित गर्नेछ ।

यस्तै साधारण सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत शेयर हिस्सा कायम गर्ने कार्यक्रम रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १० गते देखि २४ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार कार्तिक ७ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्ने बताइन्छ ।

सम्बन्धित समाचार