free website hit counter

नेशनल लाइफ इन्स्योरेन्स ३७औं बर्षमा

beemaadmin
२०८० फाल्गुन १०, बिहीबार

काठमाडौं । बीमा बजारमा आफूलाई अग्रस्थानमा पुर्याउन सफल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३७औं वर्षमा प्रवेश गरेको छ । २०४४ साल फागुन १० गते स्थापना गरिएको नेशनल लाइफ इन्स्योरेन्स ३७औं वर्षमा प्रवेश गरेको हो । आम सर्वसाधारणलाई घरदैलोमा नै जीवन बीमा सेवा दिने उद्देश्यले स्थापना भएको नेपालकै पहिलो निजि क्षेत्रका जीवन बीमा कम्पनीले ३७ बार्षिकोत्सवको अवसरमा बीमितलाई अधिकतम बोनस र लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने प्रतिबद्धता जाहेर गरेको छ । बोनसदरको आधारमा सर्वोत्कृष्ट बोनस दिँदै आएको कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता जनाएको छ । ३७ औं बार्षिकोत्सवको अवसरमा रक्तदान लगायतका कार्यक्रमहरु देशैभरि आयोजना गरिने कम्पनीले जनाएको छ । त्यस्तै बृद्धाश्रममा पुगेर खाना खुवाउने कार्यक्रमहरु पनि रहेका छन् । आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा जीवन बीमा कोषको आधारमा तेस्रो र व्यवसाय बृद्धिदरको आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा आम जनतालाई सरल र सर्वसुलभ रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति दर्शाएर कम्पनीले आम जनताको जीवन बीमालाई सरल र सहज बनाउँदै आएको छ ।नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रबर्द्धक रहेको कम्पनीमा संस्थापक लगानीकर्ताको ५५ प्रतिशत र सर्वसाधारण समुहको ४५ प्रतिशतले शेयर संरचना रहेको छ । जीवन बीमाको दीगो लक्ष्य लिएर अघि बढिरहेको छ । पाँच अर्ब एक करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ चुक्ता पुँजि रहेको छ । पछिल्लो तथ्याङ्क चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ७१ अर्ब ४४ करोड रुपैयाँ संचिती गर्न सफल भएको छ । हाल कायम १५ लाख ९२ हजार ७७६ (पुस मसान्तसम्म) वटा बीमा पोलिसी जारी रहेको छ । कम्पनीले पछिल्लो छ महिनामा आठ अर्ब ६७ करोड बढि बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
३७ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीले नेपालको जीवन बीमा बजारमा पूर्ण व्यवसायिक अभ्यास, प्रविधिमैत्री जीवन बीमा सेवा, पारदर्शीता, विश्वसनीयता र इमान्दारितालाई मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘धेरै पुरानो इतिहास बोकेको ३७ वर्ष पुरानो कम्पनी भएको नाताले ग्राहक र अभिकर्ताप्रति विशेश प्रकारको धन्यवाद दिन चाहन्छौं, सिईओ सुरेश प्रसाद खत्रीले प्रतिबद्धता जनाउँदै भने, आम ग्राहकहरुको विश्वासले नै आजको दिनमा नेशनल लाइफ इन्स्योरेन्स यहाँ आईपुगेको हो, बीमा अभिकर्ता र कर्मचारीहरुको अथक मेहनतको परिणाम स्वरुप ३७ वर्षसम्म कम्पनीले उत्कृष्ट बीमा सेवा दिन सफल भएको छ ।

सम्बन्धित समाचार