free website hit counter

नेशनल लाईफको नाफा बढ्यो, सबै सूचांकमा प्रगति

beemaadmin
२०७७ श्रावण ३२, आईतवार

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका सबै सूचांकहरु सकारात्मक देखिएका छन् । गत आवमा कम्पनीले कूल बीमा शुल्क आर्जन ९ अर्ब २२ करोड ६ लाख १४ हजार ४३ रुपैयाँ गरेको छ भने खुद बीमा शुल्क आर्जन ९ अर्ब ११ करोड ४० लाख ७९ हजार ९३६ रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको कूल बीमा शुल्क एक अर्ब २० करोड रुपैयाँ बृद्धि गर्न सफल भएको छ । त्यस्तै खुद बीमा शुल्क १६ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । कम्पनीले अघिल्लो आवमा सात अर्ब ८० करोड दुई लाख ४६ हजार ६९४ रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको जीवन बीमा कोष ६ अर्ब भन्दा बढिले बृद्धि भएको छ । अघिल्लो आवमा २७ अर्ब १९ करोड आठ लाख ३२ हजार ७९२ रुपैयाँ रहेको कोषमा गत असार मसान्त सम्ममा ३३ अर्ब ७२ करोड १६ लाख १० हजार ७३४ रुपैयाँ जम्मा गरेको छ । कम्पनीले जगेडा कोषमा एक अर्ब तीन करोड ६१ लाख ८१ हजार ७७२ रुपैयाँ जम्मा गरेको छ भने महाविपत्ति कोषमा २७ करोड ८९ लाख २४ हजार ४५८ रुपैयाँ जम्मा गरेको छ । उल्लेखित थप कोष सहित नेशनल लाईफको कूल कोषको आकार ३५ अर्ब तीन करोड ६७ लाख १६ हजार ९६४ रुपैयाँ जम्मा गरेको छ ।
कम्पनीको मुनाफामा बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा ३३ करोड मुनाफा गरेको कम्पनीले गत आवमा ३९ करोड १२ लाख २९ हजार १३८ रुपैयाँ मुनाफा बृद्धि गर्न सफल भएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनपछि मुनाफामा हेरफेर हुनेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार