free website hit counter

नेशनल लाईफद्वारा एक करोड मृत्यु दावी भुक्तानी

beemaadmin
२०७६ माघ १, बुधबार

काठमाडौं । दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको आश्रित परिवारलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १ करोड ३ लाख १५ हजार रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी दिएको छ । विर्तामोड झापास्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्रप्रसाद दंगालकी श्रीमती सुस्मिता थपलिया (दंगाललाई) सो मृत्यू दावी भुक्तानी गरेको हो ।
सो कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्व. दंगालकी धर्मपत्नी श्रीमती सुष्मिता दंगाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
२०७६ साल कार्तिक ४ गते दुर्घट्नामा परेर जीवनमा गुमाएका दंगालले २०७६ साल असार ३१ गते ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन बीमालेख खरीद गरेका थिए । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा मृत्यु दावी भुक्तानी भएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार