free website hit counter

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

beemaadmin
२०८२ माघ १, बिहीबार

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स म्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ३८ औं वार्षिक साधारण सभा पुस ३० गतेका दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । वार्षिक साधारण सभाले आव २०८१–०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५,४७,२७,३९,७३६ मा ८.५ प्रतिशतका दरले नगद लाभांश रु. ४६,५१,८२,८७८ र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २१,८९,०९,५८९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु. ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु. ५,४७,२७,३९,७३६ मा ४ प्रतिशतको बोनस शेयर थप भई कुल चुक्ता पूँजी रु. ५,६९,१६,४९,३२५ पुगेको छ । सभामा अध्यक्ष प्रेमा सिंहले समिक्षा वर्ष २०८१र८२ विविध चुनौतीको बाबजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भु–राजनैतिक कारणले बढेको विश्व मुद्रास्फिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द्रीय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताइन् । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार, आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको अनुमान भएतापनि आ।व। २०८२–८३ मा बढ्दो राजनैतिक एवम् सामाजिक अनिश्चिन्तताको कारणले वृद्धिदरमा संकुचनमा जान सक्ने आँकलन गरिएको छ । आव २०८१–०८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई २,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको सञ्चालनवाट जम्मा १,४९८.५९ करोड खुद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ । कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा ९४८.६५ करोड दावी भुक्तानी गरेको छ । कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११।०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा ७,७९०.२० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ । आव २०८१–०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ । कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आव २०८२–०८३ मा हिमालयन बैंक को २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर ३,३३,०१,१९,७५२.८५ रुपैयाँमा खरीद गरेको र उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३।६१ प्रतिशत पुगेको छ । यसैगरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लिले आवश्यक ईजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएको छ र आव २०८१–०८२ को लागि पहिलोपल्ट ७.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार