free website hit counter

नेशनल हाईड्रोपावर घाटामा

beemaadmin
२०८१ भाद्र २, आईतवार

काठमाण्डौ । आम्दानीमा संकुचन आउदा र खर्च चुलिदा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड घाटा व्यहोर्न बाध्य बनेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म २ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनी ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको थियो । कम्पनीको आम्दानीमा १४.१० प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको अन्त्यसम्म विद्युत बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ कमाएको कम्पनीले समीक्षा अवधिसम्म भने ४ करोड २ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । कम्पनीको प्रशासनिक खर्च भने ६४.११ प्रतिशतले बढ्दै १ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो खर्च ९० लाख ३३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च पनि बढेको छ । अघिल्लो आवको अन्त्यसम्म २५ लाख १६ हजार रुपैयाँ रहेको वित्त खर्च बढेर ६२ लाख ७२ हजार पुगेको छ । कम्पनीको ह्रासकट्टी खर्च १ करोड ५१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको रिर्जभको आकार ९८ लाख ६८ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको रिजर्भको आकार १ करोड ३१ लाख रुपैयाँले धनात्मक थियो । कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२४.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.४२ र मुल्य आम्दानी अनुपात १६१.०६ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार