free website hit counter

नौ लाख बढीले दिए सानिमा जनरलको आईपिओमा आवेदन

beemaadmin
२०७७ आश्विन २५, आईतवार

काठमाडौं । शेयर बजारमा लगानी गर्ने नयाँ लगानीकर्ताको आकर्षण बढेको छ । त्यसैले त शेयर बजारमा बीमा बीमा कम्पनीहरुको उपस्थिति गौरवमय देखिएको छ ।
कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाकोआवेदन दिए । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख ८२ हजार ७०३ जनाले आवेदन दिएका छन् ।

कूल आवेदकको संख्या अझै थप हुनेछ । आश्वास सदस्यता प्राप्त बैंकबाट समेत शेयर आवेदन भर्न मिल्ने हुँदा अन्तिम तथ्याङ्क भोलिसम्म प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आज अपरान्ह पाँच बजेसम्म एक करोड ८९ लाख ७६ हजार ६० कित्ताको आवेदन पर्दा एक अर्ब ८९ करोड ७५ लाख छ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले कूल ३० करोड रुपैयाँको आईपिओको लागि आवेदन खुल्ला गरेको थियो । एनआईसी एसिया क्यापिटलका अनुसार कम्पनीमा कार्यरत कर्मचारीको लागि चार प्रतिशत र म्युचुअल फण्डका लागि पाँच प्रतिशत छुट्टाएर बाँकी रहेको २७ लाख ७३ हजार कित्ता शेयर आवेदकहरुलाई वितरण हुने छ । न्युनतम १० कित्ताको दरले वितरण गर्दा दुई लाख ७३ हजारले मात्रै शेयर पाउने छन् भने बाँकी करिब साढे छ लाख भन्दा बढिको हात खाली हुनेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार