free website hit counter

न्याय माग्ने पहिलो हक शहीदकी आमाको

beemaadmin
२०८२ चैत्र १९, बिहीबार

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ, लामिछानेले भने, त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन । साथै, अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताए । अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, लामिछानेको प्रतिबद्धता छ । तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उनको भनाइ छ । तर सुशासनको वेग भने रोकिने छैन । न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो । यसलाई प्रतिशोध भन्न पाइने छैन, लामिछानेले भने ।

सम्बन्धित समाचार