free website hit counter

न्युयोर्कमा ४५ वर्षमुनिका नै जोखिममा

beemaadmin
२०७६ चैत्र १३, बिहीबार

एजेन्सी । अमेरिकाको न्युयोर्क सहरमा कोरोना भाइरसको संक्रमणमा ४५ वर्षमुनिका व्यक्ति धेरै देखिएका छन् । वृद्धवृद्धा र बालबालिकाको रोग प्रतिरोधी क्षमता कम हुने भएका कारण उनीहरु बढी जोखिममा मानिए पनि न्यूयोर्कमा भने युवाहरु नै बढी जोखिममा देखिएका छन् । एनवाईसी हेल्थ डिपार्टमेन्टका अनुसार, संक्रमितमध्ये झण्डै आधा मानिस ४५ वर्षमुनिका छन् । यसमा पनि पुरुष बढी छन् । कुल १५ हजार ५ सय ९७ संक्रमितमध्ये ५६ प्रतिशत त पुरुष नै छन् । कोरोना संक्रमणबाट ज्यान गुमाइरहेकामध्ये पनि पुरुष धेरै छन् । हालसम्म ज्यान गुमाएका मध्ये ६१ प्रतिशत पुरुष रहेको हेल्थ डिपार्टमेन्टले जनाएको छ । सीएनबीसीका अनुसार, न्युयोर्क सहरका १८ देखि ४४ वर्षका ४६ प्रतिशत मानिस कोरोनासँग जुधिरहेका छन् । ४५ देखि ६४ वर्ष उमेर समूहका ३३ प्रतिशत मानिसमा पनि कोरोना देखिएको छ । त्यस्तै, ६५ देखि ७४ सम्मका ११ र ७५ भन्दा माथिका ८ प्रतिशत व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । न्युयोर्क स्टेटको न्युयोर्क सहर कोरोनाको सबैभन्दा बढी चपेटामा परिरहेको छ । हाल न्युयोर्क राज्यभर ३० हजार ८ सय ११ मानिसमा कोरोना पुष्टि भएको छ । यीमध्ये १७ हजार ८ सय ५६ त न्युयोर्क सहरकै छन् । हरेक तीन दिनमा यहाँको संक्रमण दोब्बरले बढिरहेको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनबीसी डटकमले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हटस्पट भएको जनाएका छन् । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार