free website hit counter

न्यौपाने सिइओमा निरन्तर

beemaadmin
२०७९ कार्तिक १७, बिहीबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा फेरि रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । यो निर्णय मंसिर १५ गतेदेखि लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपालमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट सो बैंक जोडिएका थिए । त्यसपछि न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैँकको नेतृत्व सम्हालेपछिका छोटो अवधिमा नै बैँकले उनलाई सीईओको जिम्मेवारी दिएको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैँकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत परिचित भएका थिए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा बैँकलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार