free website hit counter

पच्चिस रुपैयाँमै खोल्न सकिने खातामा यस्ता छन् विशेषता

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । २५औँ वर्ष सफलताका साथ पूरा गरेको उपलक्ष्यमा बैंक अफ काठमाडौं लिमिटेडले ग्राहकहरुको आवश्यकता तथा ग्राहकको हितमा ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । २५ वर्षसम्मको निरन्तर सहयात्राको सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको बताएको छ ।

‘२५ वर्षदेखि सफलतालाई सहज बनाउँदै’ भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकहरुले मात्र रु. २५ मा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन् । उक्त बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर तोकिएको छ भने न्यूनतम् मौज्दात रु २५ मात्र तोकिएको छ । त्रैमासिक ब्याज भुक्तानीको सुबिधा रहेको खातामा पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था गरिएको छ ।

सो खातामा पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था पनि गरिएको छ भने पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था गरिएको बैंकले बताएको छ । ग्राहकमुखी विशेषतासहित संचालनमा आएको उक्त खाताले ग्राहकहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार