free website hit counter

पत्रकारकारका हत्यारालाई ३९ कैद फैसला

beemaadmin
२०७६ माघ ३, शुक्रबार

हेटौंडा । सञ्चारकर्मी मनोहर ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैद गर्ने फैसला गरेको छ । ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्षगरी ३९ वर्ष कैद गर्ने फैसला भएको जिल्ला अदालत मकवानपुरले बताएको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाईवालाई हत्यारा ठहर गर्दै उक्त फैसला गरेको हो । हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको पुडासैनी र वाईवाले २०७५ पुस २५ गते हेटौंडा–१ भैरवडाँडास्थित राप्ति पुल भन्दा माथि जंगलमा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए । हत्या गरिएका रेडियोकर्मी ढकाल अडियो टावर पालुङमा कार्यरत थिए । पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेका थिए ।

सम्बन्धित समाचार