free website hit counter

पत्रकार पाण्डेको सहायक श्रीमान सार्वजनिक

beemaadmin
२०७६ मंसिर २७, शुक्रबार

काठमाडौं । पत्रकार तथा निर्देशक गणेश पाण्डेले चर्चित डकुमेन्ट्री भाग्यले बाँचेकाहरुको सफलतापछि ‘सहायक श्रीमान’ नामक नयाँ डकुमेन्ट्री निर्माण गरेका छन् । कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले कलात्मक ढंगले पर्दामा उतारेका छन् । बहुपति प्रथामा आधारित डकुमेन्ट्री शुक्रबार रिलिज भयो ।
करिब ४ बर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको दाबी निर्देशक पाण्डेले गरेका छन् । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय हो । डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् भने ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् । बृत्तचित्रलाई साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गररेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार