free website hit counter

पदक विजेता खेलाडीलाई एनआईसीको सहयोग

beemaadmin
२०७६ माघ ११, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका निर्वाहमा पनि उत्तिकै सजग एनआईसी एशिया बैंक लिमिटेडले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ एपीफ क्लबकाका विजेता खेलाडीहरुलाई ९ लाख ९५ हजार नगद सहयोग गरेको छ । सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका तर्फबाट सागमा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप नौं लाख ९५ हजार बराबरको रकम प्रदान गरेको बैंकले जनाएको छ ।

उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरे ।

सम्बन्धित समाचार