free website hit counter

पप्पुसहित आधा दर्जन कम्पनी कालोसूचीमा

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौँ । विभिन्न ६ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायबाट भएको सिफारिसअनुसार फागुन ४ गतेको निर्णयअनुसार कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक गरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई निश्चित अवधिसम्म कालोसूचीमा राखिएको बताइएको छ ।

सो कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रालि, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबी केसी निर्माण सेवालाई कालोसूचीमा राखेको हो । सुमित रौनियार मुख्य व्यक्ति रहेको पप्पु कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । सो कम्पनीलाई सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

सम्बन्धित समाचार