free website hit counter

परदेसिएका नेपालीको पीडा घुमाउरो बाटोमा (भिडियाेसहित)

beemaadmin
२०७८ जेष्ठ २०, बिहीबार

युट्युबमा अपलोड भएको दुई दिनमै ६० हजारभन्दा बढी भ्युज । लाइक र कमेन्टहरू उत्तिकै । यो आँकडाले नै संकेत गर्छ गीतको लोकप्रियता । प्रशंसाका कमेन्टहरू थपिएको थपियै छन् । अनि आफ्नो सफलतामा दंग छन्, गायक विवेक… । भर्खरै सार्वजनिक गरिएको ‘घुमाउरो बाटो’ गीतले उनलाई स्थापित गायकको परिचय दिलाउँदै छ । यसअघि ल्याएको ‘घोप्टेभिर’ गीतबाट निकै चर्चा कमाएका उनी अहिले उत्साहीसँगै थप गम्भीर पनि बनेका छन् । भन्छन्, ‘अब अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ, भविष्यमा पनि यो लय छाड्न हुँदैन ।’ गीतलाई नेपाली लोकभाकामा ढालेर त्यसलाई मनोरञ्जकसँगै सन्देशमूलक पनि बनाउनु विवेकको विशेषता हो । घोप्टेभिरमा प्रस्ट देखिएको उनको यो शैली घुमाउरो बाटोमा आउँदासम्म पनि कायमै छ ।
उनका अनुसार ‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि परदेसिएका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदनाहरू छन् । नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तहरूको छटपटी छ ।
म्युजिकभिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायत कलाकारको अभिनय छ । बाबा हन्टर ९सिजन कार्की० को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन् । सृजना केसीले नृत्य निर्देशन गरेका छन् । भिडियो प्रतीम प्रोडक्सनले तयार पारेको हो । प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन् ।

सम्बन्धित समाचार