free website hit counter

परिवारमा सराबर थिए संक्रमित युवा

beemaadmin
२०७६ चैत्र २२, शनिबार

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– ५ का स्थानीय ३५ वर्षीय युवा कामको सिलसिलामा दुबईमा थिए। उनी त्यहाँबाट दिल्ली–काठमाडौं–नेपालगञ्ज–कोहलपुर–अत्तरीया–धनगढी चौराह हुँदै विद्युतीय रिक्सामा गत चैत्र ८ गते बेलुकका ६ बजे घर आइपुगेका थिए । एकै घरमा बस्ने र एउटै भान्सामा खाना खाने उनीसहित परिवारमा ९ जना सदस्य थिए।  कोरोनाको आतंक बढेपछि उनी घर फर्किएका थिए। परिवारका सदस्यले उनलाई कोरोना छ कि छैन भन्ने शंकासमेत् गरेनन्। उनी ११ गतेसम्म आफ्नै घरमै बसिरहेका थिए। घरमा बस्दा सबैजना सँगै खाने, बस्ने क्रम लगातार तीन दिनसम्म चलिरहेको थियो । उनी दुबईमा छँदै पनि एक वर्ष अघिबाट खोकीको औषधि खाइरहन्थे। त्यसैले परिवारका कसैले पनि शंका गरेनन्। तर, चैत १४ गते उनको कोभिड १९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। परिवारमा सँगै बसेकाले अन्य सदस्यहरु पनि उनीबाट संक्रमित हुने सम्भावना देखिएपछि परिवारका अन्य सदस्यको पनि स्वास्थ्य अवस्था परीक्षणको प्रक्रिया सुरु भयो। प्रहरीले सोही दिन परिवारका ८ जनालाई अस्पताल ल्याउन चाहेका थिए। तर, एम्बुलेन्स मिलेन। त्यसपछि उनीहरु घरमै रोकिएका थिए। १५ गते उनका परिवारका ८ जना सदस्य र उनलाई अस्पतालसम्म पुर्‍याउने उनका छिमेकीसमेत रहेका मामाका छोरासहित ९ जनालाई धनगढीको रंगशालामा निर्माण भएको क्वारेन्टाइनमा राखियो। त्यसपछि फेरि १७ गते साँझ उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै घर फिर्ता पठाइयो।

१८ गते स्वास्थ्य जाँच गराउनुपर्ने भनेर दवाव आउन थाल्यो। अन्यत्रबाट पनि विरोध हुन थालेपछि गत बुधवार ९ जनाकै स्वाब संकलन गरी काठमाडौं पठाइयो। आज कोभिड १९ पोजेटिभ देखिने तिनै परिवारकी एक महिला हुन्। घरमा सँगै खानेबस्ने गरेकाले अरुमा पनि संक्रमण भएको हुनसक्ने सम्भावना बढेको छ। त्यसैले फेरि स्वास्थ्य जाँच गराउनुपर्ने मनस्थिति उनले बनाइसकेका छन्।

सेती प्रादेशिक अस्पतालका इमजेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले पनि परिवारमा सँगै बस्ने गरेका सबैको नमूना फेरि संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको बताए। यससहित आजै सुदूरपश्चिमका अन्य दुई जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या अहिले ४ पुगेको छ। उनीहरु चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर जोशीले बताए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार