free website hit counter

परिवार गुमाएका विनयविरुद्ध कर्तव्य ज्यान मुद्दा

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । रातरात करोडपति बन्ने सपनाले धेरै परिवार उजाडिएका छन् । केही पर्दामा आएका होलान् केही गुमनाम होलान् । यस्तै अहिले चर्चामा रहेको दुःखद घटना हो त्रिशुलीमा सपरिवार हामफालेका विजय परिवारको । मिटरब्याजमा लिएको ऋाको बोझका कारण परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध प्रहरीले हत्याको मुद्दा अगाडि बढाएको छ । उनीसँगै हामफालेकी उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिप्रका धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी गराएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका ४, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए ।
धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन् । विनयलाई भने स्थानीयवासीले जीवितै उद्धार गरेका थिए । जमुनाको शव ३ सय मिटर तल फेला प यो भने दुई बच्चा अझै बेपत्ता छन् ।

त्रिशूलीमा हामफालेर पनि उद्दार गरिएका विनय अहिले धादिङको गजुरी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । उनको स्वास्थ्य सामान्य रहेको कार्यालय प्रमुख डीएसपी खगेन्द्रराज खड्काले जानकारी दिएका छन् । उक्त घटनापछि विनय अहिले पश्चातापमा रहेको प्रहरीले जनाएको छ । उनले आफूहरुले सल्लाहमै त्रिशूलीमा हामफालेको भए पनि आफू मात्र जीवित हुँदा श्रीमती र दुई सन्तानप्रति आफूबाट ठूलो अन्याय भएको बताउने गरेका छन् । उनी आफैं आफूलाई आजन्म काराबासको सजाय दिन माग गरिरहेका छन् ।

सम्बन्धित समाचार