free website hit counter

पर्यटन मन्त्रालयका उपसचिवलाई कोरोना

beemaadmin
२०७७ भाद्र ६, शनिबार

काठमाडौं । देशैभर फैलिएको कोरोना सिंहदरबारभित्र पनि पसेको छ । पर्यटन मन्त्रालयमा उपसचिव तहको कर्मचारीलाई कोरोना पृष्टि भएको छ ।अस्ति सयौं संख्यामा कर्मचारीहरुको स्वाब परिक्षण गरिँदा ती एक जना उपसचिवमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै,मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्रै पहिलो पटक कोरोनो संक्रमित फेला परेको छ ।

सिंहदरबारभित्र कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा ती कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको हो । सयौं कर्मचारीहरुको स्वाब संकलन गरी परिक्षण गरिएकोमा ती उपसचिवमा कोरोना संक्रमण पृष्टि भएको हो । भदौ २ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीदेखि मन्त्री योगेश भट्टराईसम्मको पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणमा ती उपसचिवलाई कोरोना पोजेटिभ देखिएको छ । भदौ २ मा मन्त्रालयका आधा कर्मचारीको स्वाब लिएर परीक्षण गरिएकोमा ती उपसचिवको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । कोरोना संक्रमित सबैतिर फैलिरहेको समयमा सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार