free website hit counter

पलका म्यानेजरले बयानमा यतिसम्म स्वीकारे

beemaadmin
२०७८ चैत्र ९, बुधबार

काठमाडौं । पल शाह प्रकरणमा पक्राउ परेका कृष्ण जोशीले आफूले बलात्कारको घटनामा मेलमिलाप गराउन प्रयास गरेको स्वीकार गरेका छन् । पल शाहले आफूलाई घटना मिलाउन सहयोग गर्ने सर्तमा तलब दोब्बर बनाइदिएको समेत उनको भनाइ छ । सरकारी वकिलसमक्ष जोशीले दिएको बयान अनुसार उनी सुरुमा मासिक २५ हजार तलब लिएर पलको म्यानेजरका रूपमा काम गरिरहेका थिए । नाबालिग गायिका र पलबिच रहेको प्रेम सम्वन्बारे आफू जानकार रहेको उनले बताएका छन् । तर, व्यक्तिगत मनमुटाबका कारण पलले आफूलाई जिम्मेवारीबाट हटाएको उनको भनाइ छ ।
नाबालिगसँगको सम्बन्ध मिडियामा आएपछि पलले पुन आफूलाई सम्पर्क गरी सहयोग मागेको जोशीले बताएका छन् । ‘प्रतिवादीले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्‍यो भन्दै मासिक तलबमा दोब्बर वृद्धि गरी रु. ५०,००० हजार रुपैयाँ तलबमा पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए,’ उनले भनेका छन् ।
त्यसपछि आफूले नाबालिगलाई भेटेर मेलमिलापका लागि आग्रह गरेको जोशीले बताएका छन् । यस क्रममा आफूले ‘मलाई मान्छे मार्न केहीजस्तो लाग्दैन’ भनेर नाबालिगलाई धम्काएको पनि उनको स्वीकारोक्ति छ ।
बयानको पूर्णपाठः
मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक रु। २५,००० र ९तलब लिई फिल्म, गीत, सङ्गीत र विज्ञापन तथा स्टेज कार्यक्रममा पूर्णविक्रम शाह सहभागी हुने तथा अभिनय गर्ने रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको मेनेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ । म पूर्णविक्रम शाहसँग अधिकांश समयसँगै हुने हुँदा पीडित नवालिका र प्रतिवादी पूर्णविक्रम शाहबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो । पूर्णविक्रम शाहसँग मेरो मनमुटाब भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए । २०७८ सालको असार अन्तिम हप्तातिर पीडित ०७८र७९ व्यास(१२ ले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेपछि वास्ता गर्न छाडेका छन् भनेकीले म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नावालिकाले आफूलाई पूर्णविक्रम शाहले माया(प्रेम गरेको विश्वासमा पारी पटक(पटक जवर्जस्ती करणी गरेका कारण म पिडामा छु भनेकी र प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, व्वाईफ्रेण्ड बिचको अन्डरस्ट्यान्डिङमा भयो हैन, तैपनि हामीसँगै हुँदा केही भयो होला स्विकार्नै पर्छ, बिहे नै गर्नपर्छ भन्न चाहिन् मिल्दैन भन्ने शब्दहरू बोलेका थिए ।
प्रतिवादी पूर्णविक्रम शाह र पीडित नावालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरूमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्‍यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर रु। ५०,००० तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नावालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नववालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर, तिमीलाई मैले गीत(सङ्गीतमा सहयोग गर्छु भनेको थिएँ । तर निज दुर्गा अधिकारीले भनेअनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ । निजले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो, देखी चिनेर सनाखत गरेँ ।
मैले पीडितलाई सम्झाउने क्रममा ‘मलाई मान्छे मार्न केही जस्तो लाग्दैन’ भन्ने शब्दहरू प्रयोग गरेको हुँ ।

सम्बन्धित समाचार