free website hit counter

पल शाह प्रकरणमा बाबुरामले दिए प्वाक्क

beemaadmin
२०७८ फाल्गुन २०, शुक्रबार

काठमाडौं । जबरजस्ती करणी आरोपमा नायक पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा बहससँगै न्याया निसाफ शुरु भएको छ । राजनीतिक वृत्तबाट पहिलो टिप्पणी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय नेता डा। भट्टराईले ट्विटरमार्फत् आफ्नो धारणा राखेका हुन् । उनको सहानुभूति नाबालिग गायिकाप्रति छ । डा भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौनशोषणसम्बन्धी अतिसंवेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति–समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’ उनले लोकतन्त्रमा न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार