free website hit counter

पशुपतिको जलहरी मुन्तिर कसले छिरायो सु्न

beemaadmin
२०८० असार २२, शुक्रबार

काठमाण्डौ । पशुपतिनाथ मन्दिरको जलहरी नजिकै आज बिहान नाटकीय ढंगले ४३ तोला सुन फेला परेको छ । मुख्य मन्दिरमा राखिएको जलहरीको मुन्तिर खोतल्दा ४३ तोला सुन फेला परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा पशुपतिनाथको मन्दिरको जलहरीमा राखिएको सुनको परिमाण घटेको पाइएको थियो । यो प्रकरणमा निकै ठूलो गिरोहको संलग्नता भएको भन्दै त्यसको खोजबिन भइरहँदा एकाएक ४३ तोला सुन फेला परेको घटना बाहिर ल्याइएको हो । शुक्रबार बिहान कम भएको सुन मन्दिरमै हुनुपर्छ भन्दै जलहरि मुन्तिर खोतल्ने काम भएको थियो । सोही क्रममा ४३ तोला सुन फेला परेको स्रोतले बताएको छ । यो घटनालाई स्रोतहरुले नाटकीय प्रकरणको रुपमा लिएका छन् । कम भएको सुनलाई दुरुस्त देखाई सम्भावित कारबाहीबाट जोगिन पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुको मिलेमतोमा ४३ तोला सुन त्यहाँ लगिएको स्रोतहरुको दाबी छ । यो प्रकरणपछि पशुपतिको जलहरीको सुनकाण्ड अझ रहस्यमय बनेको छ ।

सम्बन्धित समाचार