काठमाडौं । दुई दिन लगातार घटेको सुनको मूल्य आज भने प्रतितोला ९ सय रुपियाँ बढेको छ । दुई दिनमै सुनको मूल्य प्रतितोला १८ हजार ५ सय घटेको थियो । नेपाल सरकारले सुनको भन्सार दर १० प्रतिशतमा झरेसँगै सुनचाँदीको मूल्य तल ओर्लिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रुपियाँ बढेर १ हजार ८ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि कात्तिक १५ गते लक्ष्मीपूजाको दिन सुनको मूल्य बढेर प्रतितोला १ लाख ७१ हजारसम्म पुगेको थियो ।