free website hit counter

पहिरो पीडितलाई सहयोग

beemaadmin
२०७७ श्रावण ३, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तसरदायित्वका काममा अग्रणी संस्था नेपाल इन्भेस्टमेन्ट बैंकले भारी वर्षाको कारण म्याग्दी जिल्लाका पहिरो पीडित नागरिकहरूलाई सहयोग गरेको छ । बैंकले आफ्नोसामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल ९टेन्ट० र १०० वटा कम्बल प्रदान गरेका छन् । बैंकले उपलब्ध गराएका पालहरूमा पीडितले आश्रय लिन सक्ने भएकाले तत्कालका लागि अत्यावश्यक पाल सहयोग गरेको बैंकले जनाएको छ । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको जनाएको छ । पहिरो पीडितहरूलाई सहयोग पुर्याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआइबीएल पहिलो संस्था भएको बैंकको दावी छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार