काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक आज बिहान ८ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गर्दै बिहानैदेखि डोजर तथा अन्य मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको हो।
सडक सञ्चालनमा आए पनि चालकलाई लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक र सीमित गतिमा सवारी चलाउन सडक डिभिजनले आग्रह गरेको छ।
निरन्तर वर्षासँगै खसेको पहिरोका कारण सोमबार साँझदेखि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।