free website hit counter

पहिलो पटक एकै दिनमा फ्रान्समा ४९९ को निधन

beemaadmin
२०७६ चैत्र १९, बुधबार

एजेन्सी । कोरोना सक्रमणका कारण फ्रान्सले एकैदिन ४ सय ९९ नागरिक गुमाएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृत्यु अस्पतालमा भएको हो । फ्रान्समा महामारी सुरु भएपछि पहिलो पटक एकैदिन यति धेरैको मृत्यु भएको हो ।
पत्रकार सम्मेलनमा जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा देशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट बढेर ५२,१२८ पुगेको बताए । जोन हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्स ती ६ देशमध्ये एक हो जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म फ्रान्ससमेत अमेरिका, इटली, चीन, स्पेन र जर्मनीमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार