free website hit counter

पहिलो पटक दलित समुदायकी महिला बनिन् सीडीओ

beemaadmin
२०७८ फाल्गुन ५, बिहीबार

काठमाडौँ । कुशल प्रशासक सिता परियारलाई गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा खटाएको छ । भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा रहेकी सीतालाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो । उनी दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला पनि बनेकी छिन् । विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिका कुशलतापूर्वक निभाएकी परियाले भक्तपुरको सहायक सिडिओ हुँदा देखाएको कार्यकुशलताकै कारण हुम्लाको सीडीको जिम्मेवारी दिएको हो । दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका भए पनि महिला भने निजामती सेवामै कम रहेका छन् ।
कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले एक दशक अघि शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी ह्न् । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत काम गरिसकेकी छिन् ।

सम्बन्धित समाचार